![७ हजार ७३३ जनामा डेंगु संक्रमण, सात जनाको मृत्यु](https://sagarmatha.tv/wp-content/uploads/2023/07/dengu.jpg)
काठमाडौँ। देशभर डेंगुको संक्रमितको संख्या ७ हजार ७३३ पुगेको छ ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार गत जनवरीदेखि ६ अगस्टसम्म डेंगु संक्रमितको संख्या ७ हजार ७३३ पुगेको हो ।
यसअवधिमा सातजना डेंगु संक्रमितको मृत्यु भएको पुष्टि भएको महाशाखाले जनाएको छ ।
यसवर्ष नेपालमा डेंगुका चारवटै सेरोटाइप देखिएको छ । सेरोटाइप भन्नाले भाइरसको प्रकृतिका आधारमा गरिएको वर्गीकरण रहेको महाशाखाको भनाइ छ ।