जोडिनुहोस
मङ्लबार, फाल्गुन १२, २०८२
मङ्लबार, फाल्गुन १२, २०८२
  • होमपेज
  • चीनको जासूस उपग्रह बोकेको लङ मार्च रकेट ताइवानी क्षेत्र

चीनको जासूस उपग्रह बोकेको लङ मार्च रकेट ताइवानी क्षेत्र

ताइपेई— चीनले ताइवानको एयर डिफेन्स आइडेन्टिफिकेशन जोन (एडीआईजेड) मा जासूस उपग्रह बोकेको लङ मार्च रकेट प्रक्षेपण गरेको छ ताइवानको राष्ट्रिय रक्षा मन्त्रालयले दाबी गरेको छ ।

एमएनडीका अनुसार पीएलएले चीनको सिचुआन प्रान्तको सिच्याङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट रकेट प्रक्षेपण गरेको हो। रकेटको उडान उचाइ, रक्षा मन्त्रालयले उल्लेख गरेको छ, वायुमण्डल भन्दा माथि भएको बताइएको छ ।

चीनको सरकारी पत्रिका पीपुल्स डेलीका अनुसार लङ मार्च २डीले याओगन—३९ रिमोट सेन्सिङ स्याटेलाइटूलाई कक्षामा पठाएको छ। यद्यपि चीनले याओगान शृंखलाको बारेमा केही विवरणहरू जारी गरेको छैन् ।

यूरेशियन टाइम्समा प्रकाशित सुरक्षा विशेषज्ञहरूका अनुसार याओगान शृंखलाका निगरानी उपग्रहहरू एन्टि—शिप ब्यालिस्टिक मिसाइल प्रणालीलाई बढाएर अप्टिकल र रडार पेलोडहरू भएको उल्लेख गरेको छ ।

पछिल्ला केही वर्षहरूमा चीनको तीव्र सैन्य आक्रामकता, आर्थिक जबरजस्ती र छिमेकी विरुद्धको धम्की पछि, ताइपेईले बेइजिङसँगको सम्बन्ध गम्भीर तनावको सामना गरिरहेको छ।

चीनले ताइवान आफ्नो देशको हिस्सा भएको दाबी गरेको छ भने ताइवानले आफूलाई सार्वभौमसत्ता सम्पन्न र स्वतन्त्र राष्ट्र भनेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
‎The Revenant Apple TV