![मुस्ताङ कागबेनी बजारका ३१ घर बाढीले बगायो](https://sagarmatha.tv/wp-content/uploads/2023/08/kagbeni-2.jpg)
काठमाडौं। मुस्ताङको कागबेनी बजार जलमग्न भएको छ। बारागुङ मुक्तिनाथ क्षेत्र गाउँपालिका-४ स्थित कागखोलामा आएको बाढीले बजार डुबाएको हो।
स्थानीयलाई बजारभन्दा ५ सय मिटरमाथि सुरक्षित स्थानमा सारिएको नेपाली सेनाले जनाएको छ।
नेपाली सेनाका अनुसार कागबेनी लोमान्थाङ जाने एउटा पक्की पुल, झोलुङ्गे पुल र एउटा काठको पुल बगाएको छ।
३१ घटा घर पनि बगाएको नेपाली सेनाले जनाएको छ।