जोडिनुहोस
  • होमपेज
  • विज्ञापन व्यवसायी उजय शाक्य ‘एसियाज मोस्ट एड्मायर्ड लिडर’को उपाधिबाट सम्मानित

विज्ञापन व्यवसायी उजय शाक्य ‘एसियाज मोस्ट एड्मायर्ड लिडर’को उपाधिबाट सम्मानित

काठमाडौं। आउटरिच नेपालका संस्थापक उजय शाक्य एसियाज मोस्ट एड्मायर्ड लिडरबाट सम्मानित भएका छन्। १४औं संस्करणको सीएमओ एसिया अवार्डमा शाक्य सम्मानित भएका हुन्।

सिंगापुरमा आयोजित उक्त समारोहमा एसिया प्यासेफिक क्षेत्रको मार्केटिङमा योगदान पुर्‍याएका व्यक्तित्वहरुको सहभागिता थियो।

सन् २०१० मा स्थापना भएको वर्ल्ड फेडेरेसन अफ मार्केटिङ प्रोफेस्नल्सले मार्केटिङको क्षेत्रमा योगदान पुर्‍याउनेहरुलाई सम्मान गर्ने गर्छ।

शाक्यले नेपाली विज्ञापन बजारमा खेलेको भूमिका र प्रोफेसनल इकोसिस्टम निर्माणमा पुर्‍याएको योगदानलाई मूल्यांकन गर्दै सम्मान गरिएको बताइएको छ। शाक्यसँग दुई दशकभन्दा बढी मार्केटिङ तथा विज्ञापन उद्योगमा काम गरेको अनुभव छ। शाक्यले नेपालमा विभिन्न ग्लोबल ब्राण्डहरुको सफल लन्च गरेका थिए। सन् २०१५ मै उनको किताब ब्राण्डसुत्र प्रकाशित भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका