काठमाडौं।जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले बाग्मती नदीले जलसतह सतर्कता तह पार गरेको जनाएको छ ।
महाशाखाले शुक्रबार विहान अपडेट जारी गर्दै पधेरादोभान बाढीमापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेको जनाएको हो ।
महाशाखाले भारी वर्षाका कारण नदीको बहाब बढ्दो क्रममा जनाएको छ ।
नदी तटिय क्षेत्र रौतहट, सर्लाहीको डुबान भइरहने क्षेत्रमा रहने मानिसहरूले बिहान १० बजेसम्म उच्च सतर्कता अपनानुपर्ने महाशाखाको भनाइ छ ।