जोडिनुहोस
बिहिबार, फाल्गुन १४, २०८२
बिहिबार, फाल्गुन १४, २०८२
  • होमपेज
  • नाइजेरियाली सेनाद्वारा ३१ बन्दूकधारी मारिए

नाइजेरियाली सेनाद्वारा ३१ बन्दूकधारी मारिए

पछिल्लो साता नाइजेरियाली सेनाले मुलुकको उत्तरी क्षेत्रमा गरेको थुप्रै कारवाहीमा ३१ बन्दूकधारी मारिएको एक अधिकारीले बताएका छन्।

कारवाहीमा अन्य ८१ जनालाई पक्राउ गरिएको सैनिक प्रवक्ता एडवार्ड बुबाले बताएका छन्।

उनका अनुसार आतङ्ककारी समूह बोको हराम नाइजेरियाको उत्तरपूर्वी भागमा रहेको इस्लामिक स्टेट्स वेस्ट अफ्रिका प्रुभिन्सले बन्धक बनाएका कम्तीमा १० जनालाई सेनाले मुक्त गरेको छ।

ुमुलुकलाई सुरक्षित पार्ने अन्तिम लक्ष्यका साथ सेनाले आफ्ना कारवाहीबाट विद्रोह र आतङ्कवादको प्रभावविरुद्ध आफ्नो विजयी अभियानलाई जारी राख्नेछु, उनले भने।

नाइजेरियाको उत्तरी र मध्य क्षेत्रहरूमा सशस्त्र हमला प्रमुख सुरक्षा खतरा भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Торговая Forex платформа для ПК