जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ३ घन्टा अगाडि
  • होमपेज
  • भारतको अर्थतन्त्र विश्वको सबैभन्दा तीव्र गतिमा वृद्धि हुने आईएमएफको प्रक्षेपण

भारतको अर्थतन्त्र विश्वको सबैभन्दा तीव्र गतिमा वृद्धि हुने आईएमएफको प्रक्षेपण

नयाँ दिल्ली– अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले भारतको अर्थतन्त्र विश्वको सबैभन्दा तीव्र गतिमा वृद्धि हुने प्रक्षेपण गरेको छ । आईएमएफको प्रमुख प्रकाशन विश्व आर्थिक परिदृश्यु मा वित्तीय क्षेत्रको उथलपुथल, उच्च मूल्यवृद्धि, रुस–युक्रेन युद्ध तथा तीन वर्ष लामो कोरोना महामारीका बाबजुद भारत विश्वको सबैभन्दा द्रुत वृद्धि हासिल गर्ने अर्थव्यवस्था हुने प्रक्षेपण गरिएको हो ।

आईएमएफले जारी गरेको विश्व आर्थिक परिदृश्यमा यसअघि गरिएको सन् २०२३र२४ मा भारतको आर्थिक वृद्धिको ६ दशमलव १ प्रतिशतको प्रक्षेपणलाई सच्च्याउँदै ५ दशमलव ९ प्रतिशतमा सीमित हुने उल्लेख छ । आर्थिक वृद्धिको प्रक्षेपणमा गिरावट भए पनि भारत विश्वको सबैभन्दा द्रुत वृद्धि हुने अर्थतन्त्रका रूपमा रहने आईएमएफले जनाएको छ ।

आईएमएफको वृद्धि प्रक्षेपण भारतीय रिजर्भ बैंक (आरबीआई) को अनुमानभन्दा कम हो । भारतको केन्द्रीय बैंकले आर्थिक वर्ष २०२३र२४ मा आर्थिक वृद्धि ६ दशमलव ४ प्रतिशत हुने आकलन गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्