
काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनले पूर्व गृहमन्त्री बालकृष्ण खाणको हकमा राय बाझिएको छ। दुई न्यायाधीश एकमत हुन नसक्दा उनी थुनामै रहने भएका छन् ।
उनलाई पाटन उच्च अदालतका न्यायाधीश जनक पाण्डेले ३० ।लाख धरौटी माग गर्ने आदेश गरेका थिए भने प्रकाश खरेलले थुनामा पठाउने जिल्ला अदालतकव आदेश सदर गरेका छन्।