जोडिनुहोस
  • होमपेज
  • शरणार्थी प्रकरणमा संलग्न जोकोहीलाई कानुनी कठघरामा ल्याउँनुपर्छः शेखर कोइराला

शरणार्थी प्रकरणमा संलग्न जोकोहीलाई कानुनी कठघरामा ल्याउँनुपर्छः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोकोहीलाई कानुनी कठघरामा ल्याउनुपर्ने बताएका छन् ।

मानव तस्करजस्तो घृणित कार्यमा राज्य नै सञ्जाल खडा गरेर संलग्न हुनुले विश्व समुदायमा देशको शिर निहुरिएको बताउँदै उनले राज्यका जुनसुकै तहका व्यक्ति भए पनि छोड्न नहुने बताएका छन् ।

उनले सामाजिक सञ्जालमा स्टाटस पोष्ट गर्दै राज्य नै सञ्जाल खडा गरेर मानव तस्करी जस्तो घृणित कार्यमा लाग्नु लज्जास्पद रहेको बताए । ‘भ्रष्टाचारले आक्रान्त नेपाली समाजलाई राज्य नै सञ्जाल खडा गरेर मानव तस्करी जस्तो घृणित कार्यमा संलग्न भएको घटनाले विश्व समुदायसामु देशको शिर निहुरिएको छ, हामी लज्जित भएका छौं,’ लेखेका छन्, ‘तसर्थ राज्यको जुनसुकै तह र तप्काको जो कोहीलाई पनि कानुनको कठघरामा ल्याएर तिनलाई कडाभन्दा कडा सजाय दिनुपर्दछ।’

यो घटनाले देशको शासक र प्रशासकप्रति नागरिकको चरम अविश्वास बढको बताउँदै उनले यसले लोकतन्त्र र संविधानलाई नै असुरक्षित पारेको टिप्पणी गरेका छन् ।

अब भ्रष्टाचारविरूद्ध नागरिकसँग एकाकार गर्दै राष्ट्रिय साझा चेतना अभियानको सुरु गरेर नेपाललाई भ्रष्टाचारको जालोबाट उन्मुक्ति दिने बेला भएको उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options