जोडिनुहोस

हालको खबर

La roulette : un voyage fascinant au cœur des casinos
  • १ घन्टा अगाडि
Erros Comuns de Jogadores em Cassinos: O Que Evitar
  • २ घन्टा अगाडि
Online Casino No Deposit Bonus Coupon Codes
  • ३ घन्टा अगाडि
10 Melhores Açâo de Casino em Portugal Agosto 2025
  • ३ घन्टा अगाडि
ESC Online Casino: 1700+ Jogos 250 em Resto
  • ३ घन्टा अगाडि
  • होमपेज
  • प्रचण्डको पत्रले बाबुरामको पार्टीमा खैलाबैला

प्रचण्डको पत्रले बाबुरामको पार्टीमा खैलाबैला

नेकपा माओवादी केन्द्रले पार्टी एकताको लागि भन्दै पत्राचार गरेपछि नेपाल समाजवादी पार्टीभित्र खैलाबैला सुरु भएको छ ।माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले अध्यक्ष महेन्द्र राय यादवलाई सम्बोधन गर्दै पत्र पठाएपछि अर्का अध्यक्ष डा बाबुराम भट्टराई पक्षका नेताहरु झस्किएका छन् । नेताहरुका अनुसार आम चुनावभन्दा अगाडि नै माओवादी र नेसपाबीच पार्टी एकताको समझदारी भएको थियो । त्यही समझदारी अनुसार नेसपाका केही नेताले माओवादीको चुनाव चिह्न बाटै चुनाव लडे । उनीहरुमध्ये प्रतिनिधिसभामा महेन्द्र राय यादव र बागमती प्रदेशसभा सहअध्यक्ष गंगानारायण श्रेष्ठ निर्वाचित भए । यादव प्रचण्ड सरकारमा खानेपानी मन्त्री छन् भने श्रेष्ठ बागमतीमा आन्तरिक मामिला तथा कानुनमन्त्री छन् ।

दुई पार्टीबीच एकता वार्ता पनि सुरु भएको थियो । माओवादीले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा र नसपाले सहअध्यक्ष श्रेष्ठको नेतृत्वमा वार्ता समिति नै बनाएर छलफल थालेको थियो । गत चैतमा नेसपाले पार्टी एकताको आधार भन्दै ९ बुँदे पत्र माओवादीलाई पठाएको थियो । त्यसपछि सम्वाद अघि बढेन ।

एक्कासि ५ महिनापछि डा बाबुराम भट्टराई देश बाहिर रहेको समयमा माओवादी केन्द्रले पार्टी एकताको लागि भन्दै वरीयता क्रममा दोस्रो नम्बरमा रहेका अध्यक्ष महिन्द्र राय यादवको नाममा पत्राचार गरेपछि नेसपामा तरंग पैदा भएको हो ।

माओवादी अध्यक्ष प्रचण्ड र महासचिव गुरुङले हस्ताक्षर गरेको पत्रमा आगामी महाधिवेशनमा खुला रूपले छलफल गरी पार्टीको नामबारे निर्णय लिनसक्ने माओवादी निर्णयबारे जानकारी दिइएको छ ।

यादव पक्षका नेताहरु माओवादीको पत्रलाई स्वभाविक मान्छन् । तर डा भट्टराई पक्षका नेताहरुको भने चर्को असन्तुष्टि छ । नेताहरुका अनुसार प्रचण्ड र डा बाबुराम भट्टराईबीच निर्वाचन लगतै खटपट सुरु भएको थियो ।

४ असारमा माओवादी सहितका दलले बनाएको समाजवादी मोर्चामा नेसपा नसमेटिएपछि भट्टराई रुष्ट बनेका छन् ।

उनी माओवादीसँग पार्टी एकता नगर्ने पक्षमा पुगेका छन् । भट्टराईले एकता गर्न रुचि नदेखाएपछि पार्टीमा विभाजन ल्याउने गरी पत्राचार भएको नेसपाका केन्द्रीय कार्यालय प्रमुख रोशन पोखरेल बताउँछन् ।

स्रोतका अनुसार माओवादीले लेखेको पत्र बाहिरिएपछि भट्टराई पक्षका नेताहरुबीच अनौपचारिक छलफल भएको थियो । उनीहरुले भारत भ्रमणमा रहेका डा भट्टराईसँग पनि सम्वाद गरेका थिए । उनी फर्किएपछि पार्टीको बैठक बसेर थप निर्णय गर्ने नेताहरु बताउँछन् ।

नेसपा सचिव ईश्वर रिजाल त माओवादी केन्द्रको नाममा काटिएको पत्र फुटाउ र राज गर भन्ने माओवादी नीतिमा आधारित भएको टिप्पणी गर्छन् । पार्टी कार्यालयमा पत्र नआएको भन्दै उनले भने, ‘बाबुरामलाई एक्ल्याउने योजनाअनुरुप महेन्द्र राय यादवको नाममा पत्र काटिएको देखिन्छ ।’

माओवादी केन्द्रका केन्द्रीय कोषाध्यक्ष तथा पार्टी कार्यालय सचिव श्रीराम ढकाल भने बाबुराम भट्टराई र महिन्द्र यादवबीच माओवादीले खेल्न खोजेको भनेर हल्ला चलाइएको गुनासो गर्छन् । ‘हाम्रो उद्देश्य खेल्ने होइन, २५ भदौमा पार्टी केन्द्रीय कार्यालयको बैठक बस्दा उहाँहरूलाई पत्र पठाउने निर्णय भएको हो’, ढकाल भन्छन, ‘हाम्रो आन्तरिक कारणले ३० भदौमा मात्रै पत्र पठाउने अवसर मिल्यो, जतिबेला बाबुरामजी देश बाहिर हुनुहुँदो रहेछ ।’

भट्टराई देश बाहिर भएपछि सोही पार्टीका अर्का अध्यक्ष यादवलाई सम्बोधन गरेर पत्र लेखिएको उनको स्पष्टोक्ति छ । उनले अघि भने, ‘यदि पत्रमा गरिएको सम्बोधनको विषयले मात्रै एकतालाई असर हुन्छ भने बाबुरामजीलाई पनि पार्टीले पत्र पठाउन सक्छ ।’

नेसपा अध्यक्ष यादव पनि माओवादी केन्द्रबाट आएको पत्रलाई सामान्य रुपमा लिनुपर्ने बताउँछन् । पार्टी एकता गर्ने सहमतिअनुसार नै माओवादीको चुनाव चिह्न बाट निर्वाचन लडेको र त्यसपछि पनि वार्ता भएको स्मरण गर्दै उनले भने, ‘उहाँहरुले नाम फेर्ने छलफल सुरु भएको छ । महाधिवेशनबाट नामबारे निर्णय गरेपछि पार्टी एकता हुन्छ ।’

 

तपाइको प्रतिक्रिया दिनुहोस्