जोडिनुहोस
  • होमपेज
  • एमालेको अवरोधले संसद् बैठक स्थगित, अर्को बैठक भदौ ३ गते

एमालेको अवरोधले संसद् बैठक स्थगित, अर्को बैठक भदौ ३ गते

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधको कारण आज पनि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

सुन प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानविन समिति गठन गर्न माग गर्दै एमालेले नाराबाजी गरेर अवरोध गरेपछि बैठक स्थगित भएको हो।

बैठकको सुरुवातमा सत्तारूढ दल नेपाली कांग्रेसका सांसद सुनिल शर्मा बोलेका थिए। शर्माले संसदीय मर्यादाविपरीत आतकंकारी शब्द प्रयोग गरेको भन्दै

नेकपा माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले नियमापत्ति गर्दै प्रधानमन्त्रीलाई आतंककारी भन्ने शब्द संसदको रेकर्डबाट हटाउन माग गरे।

त्यसपछि प्रमुख प्रतिपक्षी दल एमालेका सांसदहरूले रोष्ट्रमबाट उठेर नाराबाजी गर्न थाले। सभामुख घिमिरेले बस्न आग्रह गरे पनि उनीहरूले निरन्तर नाराबाजी गरेपछि सभामुख घिमिरेले बैठक भदौ ३ गते आइतबार दिउँसो १ बजेसम्मको लागि स्थगितको घोषणा गरे। एमालेले गत साउन १० गतेदेखि उच्चस्तरीय छानविन समितिको माग गर्दै सदन अवरुद्व पारिरहेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
The STRAT Hotel, Casino & Tower Las Vegas, NV