जोडिनुहोस
  • होमपेज
  • भुटानः रानीद्वारा बाँसको शिल्पकलालाई बढावा दिने भुटान शार संस्थानको उद्घाटन गरे

भुटानः रानीद्वारा बाँसको शिल्पकलालाई बढावा दिने भुटान शार संस्थानको उद्घाटन गरे

थिम्पु— भुटानी रानी दोर्जी वाङ्मो वाङ्चुकले बाँसको शिल्पकलाको संरक्षण र विकासमा टेवा पु¥याउने उद्देश्यले भुटान छार संस्थानको उद्घाटन गरेकी छन् ।

सालिङ गेवोगको रमणीय कालापाङमा अवस्थित यस संस्थानले दिगो अभ्यासहरू प्रवर्द्धन गर्न र स्थानीय समुदायहरूलाई सशक्तिकरण गर्ने दिशामा महत्त्वपूर्ण कदमको प्रतिनिधित्व गर्ने विश्वास लिइएको छ ।

संस्थानको प्राथमिक उद्देश्य बाँसको शिल्पको कलामा प्रशिक्षण र शिक्षा प्रदान गर्नु हो।

उद्घाटन पछि, रानी दोर्जी वाङ्मो वाङ्चुकले संस्थानमा प्रशिक्षित प्रतिभाशाली कारीगरहरूले बनाएका बाँसका फर्निचरदेखि उपयोगितावादी वस्तुहरूसम्मको निरिक्षण गरेकी थिइन् ।

हाल, संस्थानले तीन समर्पित प्रशिक्षक र ११ जनालाई प्रशिक्षण दिइरहेको छ ।

भुटानको हरियाली र थप समृद्ध भविष्यतर्फको यात्रामा क्रममा भुटान शार संस्थानले आगामी पुस्ताका लागि राष्ट्रको दिगो विरासतलाई आकार दिन बाँसबाट बनेका बस्तुले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको भुटान लाइभले उल्लेख गरेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options