जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • २ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • २ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • २ घन्टा अगाडि
  • होमपेज
  • पूर्वमन्त्री एवं वामपन्थी अगुवा डाक्टर मथुरा श्रेष्ठको निधन

पूर्वमन्त्री एवं वामपन्थी अगुवा डाक्टर मथुरा श्रेष्ठको निधन

काठमाडौं : वामपन्थी अगुवा एवं पूर्व स्वास्थ्यमन्त्री डाक्टर मथुराप्रसाद श्रेष्ठको निधन भएको छ। अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा निधन उनको आज बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

८८ वर्षीय डा श्रेष्ठको आज बिहान ४ बजेर १५ मिनेट जाँदा मृत्यु भएको हो। डा. श्रेष्ठलाई दश दिनअघि अस्पताल भर्ना गरिएको थियो।  नेपाली चिकित्सा क्षेत्रमा डा श्रेष्ठले ठूलो योगदान गरेका छन्। उनी कम्युनिटी मेडिसिनका प्राध्यापक हुन्। चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएमको स्थापनामा पनि उनले सक्रिय भूमिका निर्वाह गरेका थिए।

२०४६ सालको जन आन्दोलनपछि स्वर्गीय कृष्णप्रसाद श्रेष्ठको नेतृत्वमा गठन भएको अन्तरिम सरकारको मन्त्रिमण्डलमा प्राडा श्रेष्ठ स्वास्थ्य मन्त्री बनेका थिए। नेपालको राजनीतिक परिवर्तनका क्रममा चिकित्सकहरुलाई आन्दोलनमा ल्याउन पनि उनको नेतृत्वदायी भूमिका रहेको छ।

श्रेष्ठको निधनमा एमाले अध्यक्ष ओलीले श्रद्धाञ्जली व्यक्त गरेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्