जोडिनुहोस
  • होमपेज
  • अमेरिका पठाइदिन्छु भन्दै डेढ करोड रूपैयाँ बढी ठगी गरेको आरोपमा दुई महिला पक्राउ

अमेरिका पठाइदिन्छु भन्दै डेढ करोड रूपैयाँ बढी ठगी गरेको आरोपमा दुई महिला पक्राउ

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना महिलालाई काठमाडौंबाट बिहीबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१५ बौद्ध बस्ने ४५ वर्षीया निर्मला महर्जन र बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ बस्ने २६ वर्षीया अल्पा ढकाल रहेका छन्।

प्रहरीका अनुसार अमेरिका बस्दै आएका प्रतिवादीमध्येका टंकराज बस्नेतले फेसबुक र म्यासेन्जरमा छुट्टाछुट्टै २ वटा प्रोफाइल खोली पीडितसँग चिनजान गरेका थिए।

आफू अमेरिकाको ग्लेनउड स्प्रिङ नामको नेपाली रेष्टुरेन्टमा काम गर्ने गरेको र प्रोफिट स्टक अप्सन टीएफएक्स नामक अन्तर्राष्ट्रिय कम्पनीमार्फत भारतीय होटल तथा रेष्टुरेण्टमा मासिक २ हजार देखि ३ हजार डलरसम्मको जागिर लगाइदिन्छु भनी उनले प्रलोभनमा पारेका थिए।

नेपालमा रहेका निर्मला महर्जन र अल्पा ढकालमार्फत विश्वास दिलाएर उनीहरूले ३६ जना पीडितहरूको १ करोड ६१ लाख २० हजार ५ सय रूपैयाँ रकम ठगी गरेको आरोप छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न निर्मला र अल्पालाई पक्राउ गरेको हो। उनीहरूमाथि ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ ९एक्सटर्सन० सम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
The STRAT Hotel, Casino & Tower Las Vegas, NV