जोडिनुहोस
  • होमपेज
  • समयमै सक्ने विकासका काममा अवरोध पुर्‍याउने निकाय सरकार नै हो सांसद थापा

समयमै सक्ने विकासका काममा अवरोध पुर्‍याउने निकाय सरकार नै हो सांसद थापा

नेपाली कांग्रेसका सांसद एवम् महामन्त्री गगनकुमार थापाले सरकारले समयमा सक्ने भनेर शुरु गरेका विकासका काममा अवरोध पुर्‍याउने सबैभदा ठूलो निकाय सरकार नै रहेको बताउनुभएको छ ।

आज बुधवार सिंहदरबारमा बसेको राज्य व्यवस्था र सुशासन समितिको बैठकमा सांसद थापाले यस्तो बताउनुभएको हो । उहाँले सुरुङ निर्माणका लागि विस्फोटक पदार्थको कुरा राजनीतिक रूपबाट नटुङ्गिकन सेनाको नेतृत्वलाई जिम्मा लगाएर हुने अवस्था नरहेको बताउनुभयो । उहाँले खोकनाको फास्ट ट्र्याक टुङ्ग्याउन मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सबै काम नेपाल सरकारले नै गर्छ । सरकारले समयमा गर्छु भनेर शुरु गरेको विकासका काममा अवरोध पुर्‍याउने सबैभदा ठूलो निकाय भनेको ऊ आफैँ नै हो । विस्फोटक पदार्थको कुरा राजनीतिक रूपले नटुङ्गिकन सेनाको नेतृत्वलाई जिम्मा लगाएर हुने अवस्था छैन । खोकनाको फास्ट ट्र्याक टुङ्ग्याउन मन्त्रिपरिषद्ले निर्णय गर्नुपर्छ ।’

फरक प्रसंगमा सांसद थापाले सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलले एनसेलको शेयर खरिद–बिक्रीबारे प्रतिनिधिसभाका अन्य समितिले गरेको छलफललाई लिएर दिएको अभिव्यक्तिलाई गम्भीरतापूर्वक सभामुखसमझ उठाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘आजमात्रै सार्वजनिक लेखा समिति सभापतिले हाम्रो सभापतिलाई सरकारी सुन्डसमुन्ड भन्नुभयो । उहाँले भ्रष्टाचार छोप्नका लागि सरकारले अह्राएर यो बैठक राखेको भन्नुभयो । यो समितिको विषय हो कि होइन । समितिमा छलफल गरेर भाग लिएको हो, समितिले छलफल गरेर निर्देशन दिएको हो । यो संसद्को गरिमासँग जोडिने कुरा हो । यो विषय हल्का रूपमा नलिन र सभामुखसमक्ष गम्भीररुपमा उठाउन आग्रह गर्दछु । सबैको आफ्नो मान, मर्यादा हुन्छ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
non gamstop casinos anti money laundering basics