जोडिनुहोस
  • होमपेज
  • महाप्रसाद अधिकारीविरुद्धको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

महाप्रसाद अधिकारीविरुद्धको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिशका लागि गठित समितिका सदस्य निवर्तमान गभर्नर महाप्रसाद अधिकारीविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।

मंगलबार भएको सुनुवाइपछि न्यायाधीश विनोद शर्माको इजलासले आउँदो जेठ ४ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ । शर्माको नियुक्ति गैरकानूनी रहेको भन्दै अधिवक्ता नवीन धितालले अन्तरिम आदेश माग्दै रिट दायर गरेका हुन् । रिटमा अधिकारी गभर्नरमा बहाल रहेकै बेला गठन भएको समितिमा पूर्वगभर्नरको हैसियतमा अधिकारीलाई नियुक्ति गर्नु गैरकानूनी रहेको दाबी गरिएको छ ।

यस्तै अर्थशास्त्री डा। विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको छ । नेपाल राष्ट्र बैंकको ऐन विपरीत राजनीतिक दलका सदस्यलाई गभर्नर नियुक्त गर्न लागिएको भन्दै पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश भएको हो । रिटमा राजनीतिक दलबाट सीधै नियुक्ति गरिनु नेपाल राष्ट्र बैंक ऐन २०५८ को प्रतिकूल भएको दाबी गरिएको छ ।

अधिवक्ताद्वय प्रतीभा उप्रेती र विशाल थापाले रिट पेश गरेका हुन् । यसअघि गभर्नर छनोट समितिका सदस्य रहेका पौडेलले गत आइतवार पदबाट राजीनामा दिएका थिए ।

यसअघि गभर्नर बनाउन सहमति जुटेको भनिएका डा। गुणकर भट्टविरुद्ध पनि सर्वोच्चमा रिट परेको छ ।

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका