जोडिनुहोस
  • होमपेज
  • पाकिस्तानको पहिलो सिख पत्रकारलाई ‘राजनीतिक हस्तक्षेप’ को कारण बर्खास्त

पाकिस्तानको पहिलो सिख पत्रकारलाई ‘राजनीतिक हस्तक्षेप’ को कारण बर्खास्त

लाहोर— पाकिस्तानका वरिष्ठ सिख पत्रकार र एंकर हरमित सिंहलाई पब्लिक टिभीबाट बर्खास्त गरिएको छ । सिंहले फेक न्यूजसँगको विवादपछि देशमा आफूलाई सुरक्षा खतरा रहेको लगाएका छन्।

पाकिस्तान पिपुल्स पार्टी (पीपीपी) का नेता र पूर्व मन्त्री शाजिया अत्ता मारीको गुनासोपछि सिंहलाई पब्लिक टिभीबाट बर्खास्त गरिएको हो। मारीले हरमित सिंहलाई उनको निवासमा नेशनल एकाउन्टेबिलिटी ब्यूरो (एनएबी) द्वारा छापा मारेको बारेमा गलत जानकारी फैलाएको आरोप लगाए ।

सिंह, जसले पाकिस्तानको पहिलो सिख पत्रकारको रूपमा मान्यता प्राप्त गरेका थिए ।

समाचार गलत भएको थाहा पाएपछि, हरमित सिंहले तुरुन्तै ट्वीट हटाए र आफ्नो गल्ती स्वीकार गर्दै शाजिया मारीलाई लिखित माफी मागेका थिए। तर, उनको माफी स्वीकार गर्नुको सट्टा मारीले उनलाई कानूनी नोटिस पठाए, जसमा रु १० अर्ब मानहानीको मुद्दा लगाई टिभीले उनलाई बर्खास्त नगरेक सरकारी विज्ञापन बन्द गरिदिने टिभीको लाइसेन्स खारेज गर्ने बताएकी थिइन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options