जोडिनुहोस
  • होमपेज
  • प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट कोशीले कर्णालीलाई हरायो

प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट कोशीले कर्णालीलाई हरायो

प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा कोशी प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ । कोशीले कर्णालीलाई १० विकेटले हराएको हो । मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज टस जितेर पहिला ब्याटिङ रोजेको कर्णालीले १६ ओभरमा नौ विकेट गुमाउँदै ३३ रन मात्र बनायो । कोशीले ३४ रनको सामान्य विजयी लक्ष्य तीन दशमलव एक ओभरमा विकेट नगुमाइकन पूरा गर्‍यो । कोशीका लागि कप्तान रुविना क्षेत्रीले अजिविजित २५ रन बनाइन् । उनले १७ बल खेल्दै ६ चौका प्रहार गरिन् । यस्तै काजोल श्रेष्ठले अविजित पाँच रन बनाइन् । यसअघि ३४ रन बनाउने क्रममा कर्णालीका लागि किरण कुँवरले नौ तथा बीना थापा र राक्षी खड्काले समान आठ आठ रन बनाइन् । बलिङतर्फ कोशी प्रदेशकी अप्सरी बेगमले तीन, एलिशा खडियाले दुई तथा सवनम राई, निशा शाह र रुविना क्षेत्रीले एक एक विकेट लिइन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Vegas Casino: Dragon Slots