जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ५ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ५ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ५ घन्टा अगाडि
  • होमपेज
  • बाढीले क्षति पुर्‍याउँदा रसुवाका सीडीओ र डीएसपी काठमाडौंमै

बाढीले क्षति पुर्‍याउँदा रसुवाका सीडीओ र डीएसपी काठमाडौंमै

काठमाडौं । चीनतर्फको भारी वर्षाका कारण रसुवामा आएको बाढीले ठूला क्षति पुर्‍याउँदा प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेल र नेपाल प्रहरी प्रमुख डीएसपी हेम शाही काठमाडौंमा रहेको पाइएको छ।

दुवै जना गृह मन्त्रालयद्वारा आयोजित बागमती प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन काठमाडौं आएका थिए। गृह स्रोतका अनुसार गएराति बाढीको सूचना प्राप्त भएपछि उनीहरूलाई जिल्लातर्फ फर्किन सहजीकरण गरिएको हो।

नेपाली सेनाको हेलिकप्टरमार्फत उनीहरूलाई पठाइएको भए पनि मौसमका कारण हेलिकप्टर रसुवामा अवतरण गर्न नसकी नुवाकोटमा अवतरण गरेको एक अधिकारीले जानकारी दिए।

गएराति आएको बाढीले नेपाल–चीन मितेरी पुल, भन्सार कार्यालय, सुख्खा बन्दरगाहमा रहेका सात वटा इभी गाडी, रसुवागढी हाइड्रोपावरको ड्याम र क्याम्पमा समेत क्षति पुर्‍याएको छ।