जोडिनुहोस

सिन्धुलीमा देखियो उँट

काठमाडौं। सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा उँट भेटिएको छ। मङ्गलबार बिहान हरिहरपुरको भिमानमा उँट भेटिएको हो।

उँट कहाँबाट आयो भन्नेबारे केही खुलेको छैन। उँट भेटिए पनि कहाँबाट आएको भन्नेबारे केही नखुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एवं एसपी गोविन्द काफ्लेले बताए।

उँट बस्तीमा देखिएपछि स्थानीय त्रसित भएका छन्। उँट हेर्नेहरूको पनि उत्तिकै भीड लागेको छ। उँट विशेष गरी मरुभूमिमा पाइने जनावर हो।