जोडिनुहोस
  • होमपेज
  • देशमा आर्थिक संकट हुदा पनि नेतालाई कुर्सीकै ध्यान छ : झलनाथ

देशमा आर्थिक संकट हुदा पनि नेतालाई कुर्सीकै ध्यान छ  : झलनाथ

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले देशमा राजनीतिक र आर्थिक संकट देखा परेको बताएका छन्।

शुक्रबार नेपाल नर्सिङ कन्फरेन्समा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले नेतृत्वमा भएको कुर्सीप्रतिको मोहका कारण मुलुक राजनीतिक र आर्थिक संकटमा देखा परेको बताएका हुन्।

‘देशको निर्माण जुन हिसाबले जानुपर्ने थियो। संविधानको भाग ४ मा व्यवस्था भएबमोजिम देश गएन। अहिले पनि गइरहेको छैन। नेताहरूमा पद कुर्सी कता पाइन्छ त्यतातिर ध्यान छ। कुर्सी र पदका पछि लाग्ने नेतृत्वले देशलाई नयाँ भिजन, नयाँ कार्यक्रम, नयाँ योजना, रूपान्तर दिन सक्दैन। अहिले देश संकटतर्फ गुज्रिरहेको छ। राजनीतिक अस्थिरता र आर्थिक अवस्था त्यस्तै संकटपूर्ण हुँदैछ उनले भने।

नेता खनालले संविधान जारी भएपछि भएको दोस्रो निर्वाचनमा वामपन्थीहरुलाई जनताले विश्वास गरेर दुई तिहाइ मत दिए पनि नेतृत्वको सनकले संसद् नै विघटन गरिएको बताए। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको संसद् विघटनतर्फ लक्षित गर्दै नेता खनालले जनताले पाँच वर्ष सरकार चलाउन मत दिए पनि नेतृत्वले देशलाई स्थिरता चाहिएन भनेर संसद् विघटन गरेको बताए।

‘संविधानपछिको पहिलो निर्वाचनले देश संवैधानिक स्थिरता प्राप्त गरिसकेको थियो। अब राजनीतिक स्थिरता प्राप्त गर्नुपर्ने थियो। जनताले महसुस गरे। र दुईवटा वामपन्थी समूहले मिलेर चुनाव लडे। दुईतिहाइ मत दिए। दुई तिहाइका सरकार बनेपछि जनताको भावना, चाहना, आकाङ्क्षा चुलिएको थियो। हामीले कृषि क्रान्ति, भूमिसुधार, शिक्षा क्रान्ति, गरिबी निर्मूलन गर्नुपर्ने थियो। उल्टै नेतृत्वले हामीले ल्याएको व्यवस्था निमठ्न खोज्यो

उनले भने, ‘किन चाहियो दुई तिहाई र स्थिरता ? भनेजस्तो भयो। नेतृत्वले देशलाई स्थिरता चाहिएन भनेर संसद विघटन गर्यो।  जनताले पाँच वर्ष मज्जाले सरकार चलाउनु भनेर मत दिएका थिए। तर, जनताको विश्वासमाथि कुठाराघात भयो। त्यो कुठाराघातले देशलाई लामो समय हानी गरेको छ। दोस्रो पटकको निर्वाचनमा पनि कुनै दलको बहुमत आएन। संघ र प्रदेशमा नै कुनै पनि दलको बहुमत आएन।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका