जोडिनुहोस
मङ्लबार, फाल्गुन १२, २०८२
मङ्लबार, फाल्गुन १२, २०८२
  • होमपेज
  • आचार्यद्वारा संसद् भवन अगाडि आत्मदाहको प्रयास

आचार्यद्वारा संसद् भवन अगाडि आत्मदाहको प्रयास

काठमाडौं, बाँच्नका लागि गरेको संघर्षले सफलता नपाएपछि एक युवकले राजधानीको बानेश्वरमा मंगलबार आफैंमाथि आगो लगाएर आत्महत्याको प्रयास गरेका छन् ।

‘जीवन संघर्ष हो बाँच्नका लागि संघर्ष गर्नु पर्दछ’ भन्ने मान्यता राख्दै आएका इलाम सूर्योदय नगरपालिका १ का प्रेमप्रसाद आचार्यले आत्महत्याको प्रयास गरेका हुन्।

आत्मदाहको प्रयास गर्नुअघि आर्चायले झण्डै ३ हजार शब्द लामो आफ्नो भावना सामाजिक सञ्जालमा व्यक्त गर्दै नयाँ बानेश्वरस्थित संसद् भवन अगाडिको सडकमा आएर आफ्नो शरीरमा आफैंले आगो लगाएका थिए।

आफूले गरेको व्यापार व्यवसायले पनि सफलता हात नपारेको र जति काम गर्दा पनि विभिन्न समूहबाट आफू ठगिएकोले आत्मदाहको प्रयास गरेको उहाँले सामाजिक सञ्जालमा लेखेको भनाइले पुष्टि गरेको छ ।

नेपाल समाचारपत्र दैनिकबाट

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Are Annuities and Pensions Taxable?