जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • १ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • १ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • २ घन्टा अगाडि
  • होमपेज
  • सरकारसँगको ९ बुँदे सहमति मान्य छैनः विद्यालय कर्मचारी परिषद्

सरकारसँगको ९ बुँदे सहमति मान्य छैनः विद्यालय कर्मचारी परिषद्

काठमाडौं । सरकार र शिक्षक महासंघबीच भएको ९ बुँदे सहमति विद्यालय कर्मचारीहरूले अस्वीकार गरेका छन्। नेपाल विद्यालय कर्मचारी परिषद्ले बिहीबार विज्ञप्ति जारी गर्दै सहमतिमा आफूहरूको सरोकार र सहभागिता नभएको भन्दै असहमति जनाएका हुन्।

परिषद्का अध्यक्ष गंगाराम तिवारी र महासचिव शान्तिनाथ योगीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “शिक्षक महासंघ र सरकारबीच भएको सहमति हाम्रो संस्थागत धारणा विपरीत छ। हामी यो सहमतिलाई अस्वीकार गर्दछौं।”

नेपाल शिक्षक महासंघको दोस्रो चरणको आन्दोलनपछि बुधबार सरकारसँग भएको वार्तालाई कर्मचारी पक्षले एकपक्षीय निर्णयको रूपमा लिएको छ। आन्दोलनको २९ औँ दिनपछि सहमति भई आन्दोलन फिर्ता भएको घोषणाप्रति पनि परिषद्ले गम्भीर आपत्ति जनाएको छ।

परिषद्ले आगामी कार्यक्रमबारे समीक्षा बैठकपछि थप रणनीति सार्वजनिक गर्ने जनाएको छ। यसले अब शिक्षा क्षेत्रभित्रको आन्दोलन अझै पूर्णरूपमा टुंगिएको भन्न नसकिने संकेत देखाएको छ।

ssss