![गठबन्धनको बैठक राष्ट्रियसभामा सिट बाँडफाँडबारे छलफल](https://sagarmatha.tv/wp-content/uploads/2024/01/412547950_713914904052674_8883666375453393698_n-1024x522.webp)
सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका दलहरूबीच राष्ट्रियसभा उम्मेदवार तय गर्न र सिट बाँडफाँड गर्न बैठक सुरु भएको हो । शनिबार बिहान पनि चार दलबीच बैठक बसेको थियो । अहिले सुरुमा चार दलले बैठक सुरु गरेका थिए । पछि अन्य दलहरू थपिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादी मुख्य निर्णायक भूमिकामा छन् । यसबाहेक सत्ता गठबन्धनमा नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा पनि छन् ।