![सहकारीको समस्या विकराल स्वणिर्म वाग्ले](https://sagarmatha.tv/wp-content/uploads/2024/01/420089178_1386113068674906_4804216872851878161_n-1024x485.webp)
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वणिर्म वाग्लेले सहकारीको समस्याले विकराल रुप लिएको बताएका छन् । सोमबार प्रकाशित समाचारबारे प्रष्टिकरण दिन पार्टी कार्यालय वनस्थलीमा आयोजित पत्रकार सम्मेलनमा आफ्नो धारणा राख्दै उनले सो कुरा बताएका हुन् ।
यसैबीच आफूहरूले सहकारीको अध्ययन गरिरहेको पनि बताए । उनले भने, ‘सहकारीको अध्ययन गरिरहेका छौं, सहकारी समस्या विकराल छ ।’ असोज ३ गते आएको सहकारी ऐनमा एकै प्रकृतिका नियम रहेकाले त्यसको असर अहिलेसम्म पनि परिरहेको उनले औँल्याए ।