जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ३ घन्टा अगाडि
  • होमपेज
  • जनताले सदनमा बाँदर उपहार पठाउन लागेका छन्: चन्द्र भण्डारी

जनताले सदनमा बाँदर उपहार पठाउन लागेका छन्: चन्द्र भण्डारी

नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले कृषकहरूले सदनलाई बाँदर उपहार पठाउन लागेको बताएका छन्।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद भण्डारीले बारीका छरेका मकै टुसा हाल्न नपाउँदै बाँदरले सखाप पारेको र पीडा सदनमा नउठेको भन्दै कृषकले बाँदर उपहार पठाउन लागेको बताएका हुन्।

‘अहिले नेपालको सञ्चारमाध्यममा सडक विभागले काम गर्न सकेन, धुलैधुलो भयो भनेर काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले एक ट्रक धुलो पठाएको चर्चा छ। त्यसैगरी नेपाली जनताले हामीलाई निर्वाचित गरेर पठाए, उनीहरूले हामीलाई प्रश्न गरेका छन्– तिमी सदनमा जान्छौ, भुइँ मानिसको कुरा उठाउने ठाउँमा तिमीहरू झगडा गरेर समय बिताउँछौं,’ उनले भने, ‘जनताका कुरा उठाउँदैनौं। अहिले पानी परेको छैन। मकै छरेको छ। भर्खर टुसा निस्कने बेलामा बाँदरहरू आएर जनतालाई दुःख दिइरहेका छन्। किसानहरूलाई अस्तव्यस्त बनाएका छन्।अहिले भन्दैछन्, कि अब हाम्रा कुरा नउठाउने, हामीले भोट नदिने भनेर बाँदर जम्मा गर्दैछन् रे! अब यो सदनलाई दिने भनेर!’

छुटाउनु भयो कि?