जोडिनुहोस

हालको खबर

Betify Casino – Examen Complet 91

  • १ घन्टा अगाडि

Notre Avis sur Betify Casino – Partie 116

  • २ घन्टा अगाडि

Betify Casino – Examen Complet 115

  • ४ घन्टा अगाडि
  • ४ घन्टा अगाडि
  • होमपेज
  • गुल्मीमा जिप दुर्घटना : एकको मृत्यु, सातजना घाइते

गुल्मीमा जिप दुर्घटना : एकको मृत्यु, सातजना घाइते

गुल्मी । गुल्मीमा जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा सातजना घाइते भएका छन् ।

मृत्यु हुनेमा सत्यवती गाउँपालिका–८ भार्से निवासी ३२ वर्षीया कमला बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डिएसपी) शङ्कर पोखरेलले जानकारी दिए ।

सोमबार बिहान कालिगण्डकी गाउँपालिका–४ ओक्याङस्थित भित्री कच्ची सडकमा चन्द्रकोटबाट पूर्तिघाटतर्फ जाँदै गरेको ग २ च ३२६२ नम्बरको बलेरो (डबल क्याप गाडी) आफैँ अनियन्त्रित भई सडकदेखि ४ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

घाइते सातमध्ये चार जनाको अवस्था गम्भीर रहेको डिएसपी पोखरेलले बताए । घाइते सबैलाई थप उपचारका लागि पाल्पा पठाएको छ । दुर्घटनामा परी घाइते हुनेमा २९ वर्षीय केशव राना, ३७ वर्षीया रीता छन्तेल, चार वर्षीया ईरिसा छन्तेल, २६ वर्षीय अजय नेपाली, ७५ वर्षीय टेकबहादुर काला, ४६ वर्षका दुरपति बराल, २३ वर्षीय मेख बराल रहेका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया

Betify Casino – Examen Complet 91