जोडिनुहोस

हालको खबर

Angâstia Promoções aquele Códigos em Portugal
  • ३ मिनेटutes अगाडि
HeroSpin Casino Análise honesta esfogíteado Casino Guru
  • ३ मिनेटutes अगाडि
Melhores casinos online sobre Portugal 2025
  • ७ मिनेटutes अगाडि
Casas puerilidade Apostas com Atividade em Portugal em 2025
  • ११ मिनेटutes अगाडि
  • होमपेज
  • अस्पतालमा थलिएर उपचार गरिरहेका प्रचण्डका पार्टी रणनीतिकार

अस्पतालमा थलिएर उपचार गरिरहेका प्रचण्डका पार्टी रणनीतिकार

काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थापनाकाल र युद्धमा गएपछि रणनीतिकारका रुपमा परिचित मोहन वैद्य किरण एक साताभन्दा बढी समयदेखि थलिएर अस्पतालमा उपचाररत छन्। उनी माओवादी नेतृत्वमा पुष्पकमल दाहाल प्रचण्डलाई ल्याउने र रणनीतिकारका रुपमा परिचित कम्युनिस्ट नेतृत्व हो।

०७० को संविधानसभा निर्वाचनअघि माओवादी विभाजन गरी अलग भएका उनी पछिल्ला दिनमा प्रचण्ड सामन्तवादी कित्तामा बिलय भएको भनी अलग पार्टी क्रान्तिकारी कम्युनिस्टका महासचिव बनेका थिए।

भारतीय प्रहरीले बन्धक बनाई थुनामा राखेर गरेको १२ बुँदे सम्झौताको पनि किरणले आलोचना गर्दै आएका छन्। उनी पछिल्ला दिनमा राजावादी शक्तिसहित गणतन्त्रवादीको बृहत गोलमेच सम्मेलनले मुलुक सुहाउँदो व्यवस्था र प्रणालीको हिमायती बनेका छन्।

एउटा अन्तरवार्तामा उनले भनेका छन्,‘मुलुक अगाडि बढाउन पनि बृहत गोलमेचको आवश्यकता छ।’

घरपरिवारका सदस्य र पार्टीका एकाध नेताहरू बाहेक उतिविघ्न मान्छे भेट्न पनि जाँदैनन्। निकै समयदेखि दमको विमारले थलिएका किरण सिकिस्त बिरामी भएको कुरा उनको पार्टीले १० दिनसम्म सार्वजनिक गरेको थिएन।

शनिवारसम्म पनि उनको स्वास्थ्य अवस्थामा सुधार नआएपछि पार्टीले नै विज्ञप्ति निकालेर वैद्य जेठ १५ गतेदेखि अस्पतालमा उपचाररत रहेको जानकारी दियो। वैद्य समकालीन चल्तीको राजनीतिमा हुन्थे भने उनी बिरामी भएको कुरा लुकाउन चाहेर पनि लुक्दैनथ्यो।

बिरामी भए पनि पार्टीको नेतृत्व र राजनीतिबाट भने विमुख हुन नचाहने वैद्य २०८१ मंसिरमा भएको एकता महाधिवेशनबाट क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको महासचिवमा निर्वाचित भएका हुन्।

नेकपा क्रान्तिकारी माओवादी, नेकपा बहुमत र नकेपा मशालको एकता महाधिवेशनले उनलाई महासचिव बनाएको थियो।

महासचिव बनेलगत्तै बिमारले च्यापेपछि उनी गत पुसदेखि नै पार्टी राजनीतिमा सक्रिय छैनन्।

७८ वर्षीय वैद्य गम्भीर बिरामी भएपछि उनले नेपालको कम्युनिष्ट आन्दोलनमा बिताएको समयबारेमा चर्चा हुन थालेको छ। उनको स्वास्थ्यका विषयमा प्रचण्डले पनि ध्यान दिएका छैनन्।

‘प्रचण्डले त राजनीतिक गुरु नि मान्नुभएको हो। तर उहाँको स्वास्थ्य यस्तो जटिल हुँदा पनि हेर्न आउनु भएको छैन’, परिवारका एक सदस्य भन्छन्,‘राजनीतिमा उहाँको लगानी असामान्य छ। प्रचण्ड जहाँ उभिएका छन्, त्यो धरातल कोर्ने मुख्य नेता नै किरण हो।’