जोडिनुहोस
  • होमपेज
  • बीबीसी १०० प्रभावशाली महिलाको सूचीमा नेपालकी शिलशिला आचार्य

बीबीसी १०० प्रभावशाली महिलाको सूचीमा नेपालकी शिलशिला आचार्य

काठमाडौं। बीबीसीले सन् २०२४ का लागि विश्वभरबाट १०० प्रेरक र प्रभावशाली महिलाको सूची सार्वजनिक गरेको छ। बीबीसीद्वारा सार्वजनिक सूचीमा नेपालसहित विभिन्न मुलुकका विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान गरेका प्रतिभाशाली महिला रहेका छन्।

बीबीसीले पर्यावरण, संस्कृति तथा शिक्षा, मनोरञ्जन एवं खेल, राजनीति र विज्ञान, स्वास्थ्य एवं प्रविधि क्षेत्रका महिलालाई समेटेर प्रभावशाली १०० महिलाको सूची तयार पारेको जनाएको छ।

बीबीसीको सूचीमा नोबेल शान्ति पुरस्कार विजेता नादिया मुराददेखि न्युजिल्यान्डकी आदिवासी सांसद हाना–रावहिती मइपी–क्लार्कसम्म छन्। सूचीमा पर्यावरण क्षेत्रमा सक्रिय नेपालकी दिगो विकास उद्यमी शिलशिला आचार्यसमेत छिन्। त्यस्तै भारतमा बेवारिसे शवहरूको अन्तिम संस्कार गराउन सक्रिय पूजा शर्मा, सामाजिक कार्यकर्ता अरुणा रोय र कुस्ती खेलाडी विनेश फोगाट पनि उक्त सूचीमा परेका छन्।

को हुन् त शिलशिला आचार्य ?
शिलशिला आचार्य नेपालमा लामो समयदेखि पर्यावरणीय क्षेत्रमा सक्रिय उद्यमी हुन्। बीबीसीका अनुसार उनी नेपालमा प्लास्टिकको पुनः प्रयोगसम्बन्धी सबैभन्दा ठूलो सञ्जाल चलाउँछिन्। उनले फोहोर व्यवस्थापनसम्बन्धी अभनी भेन्चर्स नामको संस्था चलाउँदै आएकी छिन्।

यस संस्थाले सीमान्त समुदायका व्यक्तिलाई रोजगारीमा प्राथमिकता दिंदै आएको छ साथै हरित क्षेत्रमा थप महिलालाई प्रोत्साहित गर्न ध्यान केन्द्रित गरेको समेत बीबीसीले उल्लेख गरेको छ।

शिलशिलाले सन् २०१४ मा ’धन्यवाद, म आफैं झोला बोक्छु’ भन्ने अभियान सञ्चालनमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी थिइन्। यसले बजारमा सामान किनमेलमा प्लास्टिकको झोला प्रयोगमा रोक लगाउनसमेत प्रेरित गरेको बीबीसीले जनाएको छ । जसले किनमेलमा प्लास्टिक झोलाको प्रयोगमा प्रतिबन्ध लगाउन प्रेरित गरेको थियो।

शिलशिला हिमाल सफा गर्ने अभियानमा समेत जोडिएकी थिइन्। उनी संलग्न उक्त अभियानमा हिमालमा आरोहीहरूले छाडेको करिब १ सय १९ टन फोहोर संकलन गरिएको थियो। हिमालमा संकलन गरिएका तिनै फोहोरबाट आदिवासी महिलाहरूले शृंगारका सामान, म्याट र डालो बनाएर जीवन निर्वाहलाई समेत सहज बनाएको बीबीसीले उल्लेख गरेको छ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Law Firm Bookkeeping: Smart Way to Manage Your Finances