जोडिनुहोस
  • होमपेज
  • विद्यालयका सटर भाडा सम्झौता नवीकरण नहुने

विद्यालयका सटर भाडा सम्झौता नवीकरण नहुने

काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयका सटर भाडा सम्झौता नवीकरण नहुने भएको छ ।

महानगरपालिकाको शिक्षा विभागले सम्झौता अवधि समाप्त भएका सटरको नवीकरण नगर्न सामुदायिक विद्यालयहरूलाई निर्देशन दिएको हो ।

सम्झौता अवधि बाँकी भएका सटर भने उक्त समयसम्म सञ्चालन गर्न पाइने छ । महानगरभित्रका केही सामुदायिक विद्यालयले आफ्नो भवन वा हातामा सटर बनाएर भाडामा लगाउँदै आएका छन् । कतिपय विद्यालयले टहरासमेत बनाएर भाडामा लगाएका छन् ।

विद्यालयमा बनाइएका यस्ता कतिपय सटरको नक्सा पाससमेत नभएको महानगरपालिकाले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका