जोडिनुहोस
  • होमपेज
  • समाजवाद जन्मिने सडकबाटै हो, हामी त्यतैतिर केन्द्रीत हुनुपर्छः प्रचण्ड

समाजवाद जन्मिने सडकबाटै हो, हामी त्यतैतिर केन्द्रीत हुनुपर्छः प्रचण्ड

काठमाडौं। प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवाद जनताको बलमा सडकबाट जन्मिने बताएका छन् । आज (मंगलबार) समाजवादी मोर्चाले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनता सडकमै हुने भएकाले समाजवाद सडकबाटै जन्मिने बताए । उनले सडकबाट समाजवाद जन्माउने कुरामा मोर्चा केन्द्रीत हुनुपर्ने धारणा राखे ।

‘समाजवाद जन्मिने भनेको सडकबाट नै हो । किनकी जनता सडकमै हुन्छन् । पहिलो प्राथमिकता सडकले नै पाउनुपर्छ । अन्ततः सडकबाट नै समाजवाद जन्मने हो । जनताले जन्माउने हो समाजवाद । हामी जनतासँग जोडिएनौं भने शक्तिशाली हुँदैनौं । सडकबाट समाजवाद जन्माउने कुरामा हामी केन्द्रीत हुनुपर्छ । यो भन्दा अहिले अर्को बाटो हुन सक्दैन,’– उनले भने ।

अहिले समाजवादी मोर्चामा रहेका दलबीच राम्रो संयोजन रहेको उनले दाबी गरे । मोर्चामा सहभागी दलमध्ये तीन दल सरकारमै सहभागी रहेको र एउटा सडकमा रहेकाले यस्तो संयोजनले व्यालेन्समा राख्ने उनको तर्क छ ।

समाजवादको तयारी गर्नका लागि सदन, सडक र सरकारलाई अधिकतम् उपयोग गर्दै अन्ततः सडकबाट निर्णाय ढंगले समाजवाद जन्माउने कुरामा मोर्चा केन्द्रीत हुनुपर्ने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका