जोडिनुहोस
मङ्लबार, फाल्गुन १२, २०८२
मङ्लबार, फाल्गुन १२, २०८२
  • होमपेज
  • डा. शेखर कोइरालाको टिप्पणी- गठबन्धनले काण्डबाट बच्न एमालेको साथ खोज्यो

डा. शेखर कोइरालाको टिप्पणी- गठबन्धनले काण्डबाट बच्न एमालेको साथ खोज्यो

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रिय सभा निर्वाचनमा सत्ता गठबन्धनले एमालेलाई केहि सिट दिने तयारी गरेपछि त्यसप्रति टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जाल मार्फत डा. कोइरालाले हिजो कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा केन्द्रको गठवन्धन नै धरापमा पर्यो भनेर रोइलो गर्नेहरु नै आज राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग मिल्न थालेछन् भन्दै टिप्पणी गरेका हुन् ।

उनले एमालेलाई सिट दिनुको कारण गठवन्धनका कुनै दललाई टिआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको उल्लेख गरेका छन् ।

उनले भनेका छन्ः

हिजो कोशीमा एमालेको सहयोगमा सरकार बनाउँदा केन्द्रको गठवन्धन नै धरापमा पर्यो भनेर रोइलो गर्नेहरु नै आज राष्ट्रिय सभा निर्वाचनमा एमालेसँग मिल्न थालेछन् । कारण स्पष्ट छः सत्ता गठवन्धनका कुनै दललाई टिआरसी विधेयकमा र कुनै दललाई विभिन्न काण्डबाट बच्न एमालेको साथ चाहिएको छ । अनि एमाले ?

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
How Long After Klonopin Can I Drink? 2025