जोडिनुहोस
  • होमपेज
  • भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन बेइजिङबाट फर्किएलगत्तै मस्क चीन यात्रामा निस्किएका हुन् । रोचक कुरा त के छ भने मस्कले भारत भ्रमण रद्द गरेर चीन यात्रामा निस्किएका हुन् । उनको यस भ्रमणको उद्देश्य चीनमा टेस्ला कारको अटो ड्राइभिङ क्षमतालाई अझै बलियो बनाउने विषय रहेको छ ।

मस्क चीनमा फुल सेल्फ ड्राइभिङ ९एफएसडी० लाई अझै बलियो बनाउन चाहन्छन् । उनी आफ्नो एल्गोरिदमलाई प्रशिक्षित गर्न अमेरिकामा जुटाइएको डेटालाई विदेशमा सार्न चाहन्छन् । यसो गर्दा एल्गोरिदम तालिमसँगै तयार हुन सकोस् भन्ने उनले चाहेका छन् ।

फुल सेल्फ ड्राइभिङ मोड अमेरिकामा चलनमा आइसकेको छ तर चीनमा अझै पनि त्यसलाई लागु गर्न सकिएको छैन ।

मस्को यो भ्रमण केही दिनअघि अमेरिकामा टेस्लाको अटोनोमस ड्राइभिङ मोडबाट १३ वटा दुर्घटना भएको र जसमा एकजनाको ज्यान गएको पृष्ठभूमिमा भएको हो ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार उनले त्यहाँका प्रधानमन्त्री ली कियाङ्गसँगको बैठकमा आफू चीनसँग सहयोग बढाउने पक्षमा रहेको उल्लेख गरेका छन् । त्यसो गर्दा दुवै देशका लागि राम्रो नतिजा आउन सक्ने उनको निष्कर्ष छ ।

चीन टेस्लाको दोस्रो सबैभन्दा ठूलो बजार हो । अन्य कार निर्माता जस्तै गुआंगजोमा मुख्यालय रहेको एक्सपेङ्गले आफ्नो कारमा टेस्लाको जस्तै सेल्फ(ड्राइभिङ राखेर टेस्लालाई कडा टक्कर दिइरहेको छ ।

आइतबार मात्रै मस्कले चीनका कार कम्पनीहरूलाई विश्वका अन्य कम्पनीमा सबैभन्दा प्रतिस्पर्धीको संज्ञा दिएका थिए ।

टेस्लाले चिनियाँ अधिकारीहरूलाई स्थानीय कानुनअनुसार चिनियाँ उपभोक्तालाई सजिलोका लागि संघाईमा एक डेटा सेन्टर स्थापना तयारी गरेको छ ।

एफएसडीलाई टेस्लाका लाखौं ग्राहकहरूको कारबाट सङ्कलन गरिएका भिडियोहरूबाट तालिम दिइएको छ।

टेस्लाको माग बढाउनका लागि चीन र अन्य बजारमा मस्कले आफ्नो कारको मूल्यमा कटौती गरिरहेका छन् ।

यस सालको तीन महिनामा टेस्लाको अटोमोटिभ बिक्रीमा १३ प्रतिशतले गिरावट आएको छ । यसले टेस्लाको बिक्री १७।३ अर्ब डलरबाट गिरेर १३।७ अर्ब डलरमा झरेको छ ।

रोयटर्सको रिपोर्टका अनुसार मस्कले त्यहाँका वरिष्ठ अधिकारीहरूसँग टेस्लाको फुल–सेल्फ ड्राइभिङ ९एफएसडी० सफ्टवेयरको रोलआउटबारे छलफल गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका