जोडिनुहोस
  • होमपेज
  • रामेछापमा डढेलोमा परेर एक महिलाको मृत्यु

रामेछापमा डढेलोमा परेर एक महिलाको मृत्यु

रामेछाप ।जंगलमा लागेको डढेलो मानव बस्तिमा पुगेर घरमा आगलागी हुँदा गएराति एक महिलाको मृत्यु भएको छ।

घर नजिकैको जंगलमा लागेको डडेलोले छेवैमा रहेको घरमा भेट्दा रामेछाप नगरपालिका वडा नं ८ चौकिटारको ३२ बर्षकी रमिता तामाङ्गको जलेर मृत्यु भएको हो।

डढेलोले उनको दुईवटा घर तथा गोठ जलेर नष्ट हुनुका साथै ४८ वटा बाख्रा मरेको प्रहरीले जनाएको छ। मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल रामेछाप लगिएको प्रहरीले जनाएको छ।

रामेछाप जिल्लाको अधिकांश जंगलहरुमा अहिले डढेलो लागिरहेको छ। डढेलोले अहिलेसम्म सवैभन्दा बढी क्षति रामेछाप नगरपालिकामा गरेको रामेछाप नगरपालिकाका नगर प्रमुख लवश्री न्यौपानेले बताइन्। रामेछापमा डढेलोकै कारण यसअघि दुई जनाको मृत्यु भइसकेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका