जोडिनुहोस
  • होमपेज
  • झापामा हात्तीपाइले विरुद्धको औषधी खाएकी एक वृद्धाको मृत्यु

झापामा हात्तीपाइले विरुद्धको औषधी खाएकी एक वृद्धाको मृत्यु

झापामा हात्तीपाइले रोगविरुद्धको औषधी खाएपछि एक जना वृद्धाको मृत्यु भएको छ ।जिल्लाको भद्रपुर नगरपालिका १ का ६५ वर्षीया महिलाको हात्तीपाइले विरुद्धको औषधी सेवन गरेपछि स्वास्थ्यमा समस्या आएको थियो । बिहीबार उनलाई अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

अहिले मृतकको शव पोस्टमाटमको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको बताइएको छ । तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने हात्तीपाइले विरुद्धको औषधी सेवनकै कारण बिरामीको मृत्यु भएको वा अन्य कारणले मृत्यु भएको हो भन्ने विषय अहिलेसम्म पुष्टि नभएको जनाएको छ ।

उक्त घटना बाहिरिएलगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा टंक बाराकोटीको सहितको टिम अनुसन्धान गर्न झापा पुगेको बताइएको छ । स्वास्थ्य मन्त्रालयले गत आइतबार झापासहित ७ वटा जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाउन सुरु गरेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका