जोडिनुहोस
  • होमपेज
  • लुम्बिनीमा हुने भनिएको अन्तर्राष्ट्रिय शिखर सम्मेलन स्थगित

लुम्बिनीमा हुने भनिएको अन्तर्राष्ट्रिय शिखर सम्मेलन स्थगित

काठमाडौं – लुम्बिनी प्रदेशमा फागुन २८ र २९ हुने भनिएको ‘बालबालिका, विकास र शान्तिका लागि लरियट्स एन्ड लिडर्स अन्तराष्ट्रिय चौथो शिखर सम्मेलन’ स्थगित भएको छ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सम्मेलन स्थगितसम्बन्धी औपचारिक निर्णय गर्न मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

सम्मेलन स्थगितसम्बन्धी मन्त्रिपरिषद्को बैठकले औपचारिक निर्णय गर्न लागेको लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष नहकुल केसीले बताए।

मुख्यमन्त्री चौधरीले संघीय सरकारमा राजनीतिक समीकरण फेरिएसँगै लुम्बिनीको शिखर सम्मेलन पनि स्थगित गर्ने अवस्थामा पुगेको बताए।

लुम्बिनी प्रदेश सरकारको असोज १८ गतेको निर्णय र संघीय सरकारको कात्तिक २ गतेको निर्णय अनुसार लुम्बिनी प्रदेश सरकारले यही फागुन २८ र २९ गते ‘बालबालिका, विकास र शान्तिका लागि लरियट्स एण्ड लिडर्स अन्तराष्ट्रिय चौथो शिखर सम्मेलन’ गर्न लागेको थियो। सम्मेलनमा सम्मेलनमा ९ जना नोबेल पुरस्कार बिजेतासहित विभिन्न देशका राष्ट्र प्रमुख, पूर्व प्रधानमन्त्रीसहित १८ जना विशिष्ट अतिथि आउने निश्चित भएको थियो।

प्रदेशका प्रतिपक्ष र सत्तापक्ष दलको असन्तुष्टि र राजनीतिक घटनाक्रम फेरिएपछि मुख्यमन्त्री चौधरी पनि सम्मेलन गर्नेमा अनिच्छुक देखिएका हुन्।

लुम्बिनी प्रदेश सरकारले सम्मेलन गर्नका लागि चालु आवको नीति कार्यक्रमबाटै घोषणा गरेर ६ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गर्दै प्रदेशसभाबाट पारित गरेको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help