जोडिनुहोस
  • होमपेज
  • अवरुद्ध धरान–धनकुटा सडक सञ्चालनमा केही समय लाग्ने

अवरुद्ध धरान–धनकुटा सडक सञ्चालनमा केही समय लाग्ने

काठमाडौं । बाढीका कारण अवरुद्ध कोसी राजमार्गको धरान–धनकुटा सडकखण्ड सञ्चालनमा केही समय लाग्ने भएको छ ।

अविरल वर्षासँगै लेउती खोलामा आएको बाढीले साँगुरीगढी गाउँपालिका–६ स्थित फेदीमा करिब १०० मिटर सडक बगाएपछि बाटो अवरुद्ध भएको हो ।यातायात सञ्चालनका निम्ति सडक डिभिजन कार्यालय धनकुटासँग समन्वय भए पनि बाढी कम नभएसम्म वैकल्पिक मार्ग खुलाउन नसकिने प्रहरीले जनाएको छ । सडक नै बगाएकाले पैदलयात्रीलाई समेत कठिनाइ भएको छ ।

सडक अवरुद्ध हुँदा कोसी राजमार्ग र तमोर करिडोर भएर पूर्वी तराईबाट धनकुटा हुँदै भोजपुर, संखुवासभा, ताप्लेजुड, पाँचथर जाने यातायात ठप्प भएको छ । हिमालयन टेली भ्वाइस

प्रचलन खबर

धेरै टिप्पणी गरिएका