जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ३ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ३ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • रवि लामिछानेको पक्षमा आन्दोलन गर्ने रास्वपाका नेताहरूविरुद्ध मुद्दा चल्ने

रवि लामिछानेको पक्षमा आन्दोलन गर्ने रास्वपाका नेताहरूविरुद्ध मुद्दा चल्ने

काठमाडौं। सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछाने २६ दिनदेखि हिरासतमा छन् । आज मङ्गलवार उनलाई थप अनुसन्धानका लागि रुपन्देही लगिएको छ । उनीमाथि सरकारी वकिल कार्यालयमा बयान भइरहेको छ ।

तर, रास्वपाका नेता र कार्यकर्ताहरू सडक आन्दोलनमा छन् । रास्वपाका सांसददेखि केन्द्रीय सदस्यहरू रविको पक्षमा सडक आन्दोलन गरिरहेका छन् ।

सडकमा रविका पक्षमा आन्दोलन गर्ने रास्वपाका नेता र सांसदहरुविरुद्ध मुद्दा चल्ने भएको छ । सर्वोच्च अदालतले सडक आन्दोलन गरिरहेका नेताहरूविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता गर्न सर्वोच्च अदालतले अनुमति दिएको छ ।

न्यायाधीश विनोद शर्माको इजलासले यसअघि सर्वोच्च प्रशासनबाट दरपीठ भएको निवेदन दर्ता गर्न मङ्गलवार आदेश दिएको हो । न्यायाधीश शर्माले दरपीठको आदेश बदरसहित मुद्दा अघि बढाउन आदेश दिएका हुन् ।

दरपीठको निर्णय बदरसँगै रास्वपाका नेताहरूविरुद्ध अदालतको अवहेलना मुद्दा चलाउने बाटो खुलेको छ ।