जोडिनुहोस
  • होमपेज
  • रविलाई ‘मुद्दा चलाउनु नपर्ने’ भनेर थन्क्याइएको फाइल खोल : महामन्त्री शर्मा

रविलाई ‘मुद्दा चलाउनु नपर्ने’ भनेर थन्क्याइएको फाइल खोल : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सबैमाथि लागेका सबैखाले आरोपउपर निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमा टिप्पणी गर्दै यस्तो बताएका हुन् ।

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउको विषयलाई जोडेर महामन्त्री शर्माको टिप्पणी आएको हो । ‘सिरोहियालाई कृपापूर्वक रिहा नगर । मज्जाले छानबिन गर,’ शर्माले भनेका छन्, ‘दोषी ठहरे जेल पठाउ । सबैमाथीको सबै आरोपउपर निष्पक्ष छानबिनको सबै ढोका खुला गर !’

उनले सहकारीको रकम अपचलन प्रकरणका आरोपी गृहमन्त्री रवि लामिछानेमाथि पनि छानविन हुनुपर्ने माग गरे । ‘मुद्दा चलाउनु नपर्ने भनेर थन्क्याइएको गृहमन्त्रीको पासपोर्टको फायल खोल,’ महामन्त्री शर्माले अगाडि भनेका छन्, ‘सहकारी ठगी समाचार शृङ्खला उपर पूर्वाग्रह होइन भन्ने पुष्टि गर !’

धेरै टिप्पणी गरिएका