जोडिनुहोस
  • होमपेज
  • नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि

नेपालमा कोरोनाको नयाँ भेरियन्ट ‘केपी.१’ र ‘केपी.२’ पुष्टि

काठमाडौं – अफ्रिकी मुलुक, सिंगापुर र अमेरिका लगायत देशमा फेला परेको कोरोनाको नयाँ भेरियन्ट नेपालमा पनि पुष्टि भएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले कोरोनाको नयाँ भेरियन्ट पुष्टि गरेको हो । प्रयोगशालाले ती भेरियन्टको नाम ‘केपी१‘ र ‘केपी२’ रहेको जनाएको छ । बितेका केही महिनाभित्र कोरोना संक्रमण देखिएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा नयाँ भेरियन्ट फेला परेको जनाइएको छ । ती संक्रमितमध्ये करिब ४२ प्रतिशतमा ‘केपी१ र केपी२’ पुष्टि भएको प्रयोगशालाले जानकारी दिएको छ ।

 

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?