जोडिनुहोस
  • होमपेज
  • चारवटा सवारीसाधन एकैठाउँमा ठोक्किँदा एकजनाको मृत्यु, २३ जना घाइते

चारवटा सवारीसाधन एकैठाउँमा ठोक्किँदा एकजनाको मृत्यु, २३ जना घाइते

चितवन। चितवन भरतपुर महानगरपलिका वडा नं. २९ को नारायणगढ-मुग्लिङ सडक खण्डको सत्र किलो भन्ने स्थानमा चारवटा सवारी साधन एकैठाउँमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।

गएराती भएको सो दुर्घटनामा २३ जना घाइते भएका छन् भने घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको जनाएका छन् ।

काठमाण्डौबाट प्युठानतर्फ आउँदै गरेको बा ४ ख ९०८६ नं. को बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नं. को ट्रक, काठमाण्डौबाट महोत्तरी बर्दिवासतर्फ आउँदै गरेको ना ७ ख ३२४८ नं.को बस र बिरगंञ्जबाट काठमाण्डौतर्फ जाँदै गरेको ना ६ ख ८९६८ नं.को बस एकै ठाउँमा ठक्कर खाँदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा चार वटै सवारी साधनका चालकसहित २३ जना घाईते भएको र उनिहरुको हालसम्म नाम थर र वतन खुल्न सकेको छैन । घाईतेहरुमध्ये नाम थर वतन नखुलेका अन्दाजी १६-१७ वर्षका युवकको भरतपुर अस्पतालमा उपचारका मृत्यु भएको हो ।

घाइतेहरुको इच्छाकामना आधारभुत अस्पताल कुरिन्टारमा १८ जनाको र चारजनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका