जोडिनुहोस
  • होमपेज
  • संसद बैठक बस्दै, यस्ता छन् आजको कार्यसूची

संसद बैठक बस्दै, यस्ता छन् आजको कार्यसूची

काठमाडौं । संघीय संसदअन्तर्गत् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक अहिले बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बोलाइएको छ ।

आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधयेक, २०८१ लाई प्रस्तुत गर्न अनुमति माग्ने कार्यसूची रहेको छ ।

त्यस्तै, लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधयेक, २०८१ प्रस्तुत गर्ने कार्यसूची छ भने त्यसका साथै विनियोजन विधेयकमाथिको छलफल पनि जारी रहनेछ ।

संसद सचिवालयका आनुसार आज संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, अर्थ मन्त्रालयको बजेटमाथि छलफल हुनेछ । सरकारले गत जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्बको बजेट प्रस्तुत गरेको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका