जोडिनुहोस
  • होमपेज
  • पुटिन भोलि उत्तर कोरिया जाने !

अन्तर्राष्ट्रिय

पुटिन भोलि उत्तर कोरिया जाने !

पुटिन भोलि उत्तर कोरिया जाने !

सिउल । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन मंगलबार (भोलि) उत्तर कोरिया जान सक्ने जनाइएको छ । तर, भ्रमणबारे औपचारिक जानकारी गराइएको छैन ।

विभिन्न सञ्चारमाध्यममा पुटिन चाँडै उत्तर कोरिया जान सक्ने व्यहोराका समाचार प्रकाशित छन् । तर, कहिले भन्ने स्पष्ट थिएन ।

दक्षिण कोरियाका अधिकारीले सेटलाइटबाट प्राप्त स्पाई तस्बिरका अनुसार, पुटिनको भ्रमणका निम्ति उत्तर कोरियामा अन्तिम तयारी भइरहेको छ ।

पुटिनले यसअघि सन् २००० मा उत्तर कोरियाको भ्रमण गरेका थिए । त्यति बेला अहिलेका उत्तर कोरियाली नेताका पिता किम जोङ द्वितीय सत्तामा थिए ।

पुटिनका निम्ति अहिले केही मन मिल्ने र प्रत्यक्ष सहयोग गर्ने मित्रमा उत्तर कोरिया, चीनलगायत राष्ट्र मात्र छन् । बीबीसीबाट ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?