जोडिनुहोस
शुक्रबार, कार्तिक २, २०८१
शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • नेपाल-भारत सीमामा पासपोर्ट लागू गर्ने एमाले सांसद पन्तको प्रस्ताव

नेपाल-भारत सीमामा पासपोर्ट लागू गर्ने एमाले सांसद पन्तको प्रस्ताव

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले नेपाल-भारत सीमामा पासपोर्ट लागू गर्ने प्रस्ताव गरेका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव गरेका हुन् । स्वतन्त्र मुलुकले खुला सीमा नियमित र नियन्त्रित गर्नै पर्ने उनको भनाइ छ ।

‘केही दिन देखि लगातार तराईमा मानिस मारिएका, दिउँसै गोली हानिएका समाचारहरू आइरहेका छन् । यसको मूल कारण खुला सीमाना हो,’ उनले भने, ‘तयसैले खुला सिमानालाई एउटा स्वतन्त्र देशले नियमित गर्नैपर्छ, नियन्त्रित गर्नैपर्छ ।’

एकैचोटी नेपाल-भारत सीमामा पासपोर्ट लागू गर्न नसकेता पनि यसतर्फ उन्मुख हुने गरी सरकारले नीति लिनुपर्ने उनको प्रस्ताव छ । पासपोर्टमा जानुभन्दा अगाडि दुवै देशका नागरिकको आवतजावतमा सम्बन्धित देशको कुनै राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न सकिने उनको सुझाव छ ।

‘हामी एकैचोटी पासपोर्ट सिस्टम लागू गर्ने चरणमा नजाउँला । तर, राष्ट्रिय परिचय पत्र दिन थालिएको छ । नागरिकता पनि दिइरहेको छ । उताबाट आउँदा पनि आधार कार्ड हेर्न सकिन्छ । यताबाट जाँदा पनि नागरिकताको प्रतिलिपी हेर्न सकिन्छ,’ उनी भन्छन्, ‘विस्तारै यसबाट सुरु गरेर काँडे तार लाउँदै सीमालाई व्यवस्थत गर्दै पासपोर्ट सिस्टममा हामी जानैपर्छ ।’

प्रचलन खबर

धेरै टिप्पणी गरिएका