जोडिनुहोस
  • होमपेज
  • संसद बैठक बस्दै, यी हुन् आजको सम्भावित कार्यसूची

संसद बैठक बस्दै, यी हुन् आजको सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक अहिले बिहान ११ बजे संसद् भवन बानेश्वरमा बोलाइएको छ ।

आज बस्ने बैठकमा राष्ट्रियसभामा उत्पति भएको सुरक्षित कारोबार ९पहिलो संशोधन० विधेयक २०८० का सम्बन्धमा प्राप्त सन्देशसहितको विधेयक टेबुल गरिने सम्भावित कार्यसूचीमा छ ।

त्यस्तै, विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची रहेको छ । खर्च कटौतीको प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ भने विनियोजन विधेयक २०८१ का दफाहरूलाई निर्णयार्थ प्रस्तुत गरिने संसद सचिवालयको सम्भावित कार्यसूचीमा उल्लेख छ ।

यस्तै, अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नेछन् । साथैआर्थिक विधेयक २०८१, राष्ट्र ऋण उठाउने विधेयक २०८१ र भन्सार महसुल सम्बन्धी विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव अर्थमन्त्री पुनले प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका