जोडिनुहोस
  • होमपेज
  • बुढीखोलाले एकै परिवारका चार जनालाई बगायो, एकको मृत्यु, दुई जना बेपत्ता

बुढीखोलाले एकै परिवारका चार जनालाई बगायो, एकको मृत्यु, दुई जना बेपत्ता

मोरङ । मोरङ र सुनसरीको सीमानामा पर्ने बुढीखोलाको बाढीले एकै परिवारका चार जनालाई बगाएको छ । बिहीबार दिउँसो माछा मार्ने क्रममा सुन्दरहरैंचा नगरपालिका–५ का एकै परिवारका चार जना बगेका हुन् । त्यसमध्ये एकको मृत्यु भएको छ । फुदनी भन्ने २२ वर्षीया प्रेमकला चौधरीको शव फेला परेको वडाध्यक्ष गणेश चौधरीले जनाकारी दिए ।

यसै गरी बाढीले बगाउँदा सो परिवारका दुई जना बेपत्ता छन् । बेपत्ता हुनेमा ६० वर्षीया असरादेवी चौधरी (मृतक महिलाकी सासु) र अन्दाजी २५ वर्षीया जेठी बुहारी फुला चौधरी रहेका छन् । माइली बुहारी २२ वर्षीया स्वस्तिका चौधरी सकुशल रहेको वडाध्यक्ष चौधरीले बताए ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका