जोडिनुहोस
  • होमपेज
  • गोर्खा मिडियामा प्रवाह भएको रकमको विवरण झिकाउने संसदीय छानबिन विशेष समितिकाे निर्णय

गोर्खा मिडियामा प्रवाह भएको रकमको विवरण झिकाउने संसदीय छानबिन विशेष समितिकाे निर्णय

काठमाडौं । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले विभिन्न सहकारीमार्फत गोर्खा मिडियामा प्रवाह भएको रकमको विवरण झिकाउने निर्णय गरेको छ ।

समिति संयोजक सूर्य थापाका अनुसार बुधबार सिंहदरबारमा बसेको समिति बैठकले विभिन्न सहकारीमार्फत गोरखा मिडिया नेटवर्कमा प्रवाह भएको रकमको कागजात मगाउने निर्णय गरेको हो । समितिको कार्यादेशको अनुसूची २ मा रहेका ९ वटा सहकारीका सम्दर्भमा सम्बन्धीत निकायबाट कागजात मगाउने निर्णय समितिले गरेको थापाले जानकारी दिए ।

सहकारीहरुको साधारण सभाको प्रतिवेदन विवरण, लेखा परीक्षण प्रतिवेदन, सञ्चालक समितिको विवरण, लेखा सुपरिवेक्षण र अन्य आवश्यक बित्तिय बिबरणका साथै बिभिन्न सहकारीमार्फत गोर्खा मिडियामा प्रवाह भएको रकमको स्थीति समेत ६ वटा बुँदामा कागजात माग गर्ने निर्णय भएको संयोजक थापाले बताए ।

गोर्खा मिडियामा बिभिन्न सहकारीबाट प्रवाह भएको रकममा समितिको चासो केन्द्रित रहेको बताउँदै थापाले यसअघि गठन भएका बिभिन्न समिति, आयोग लगाएतको प्रतिवेदन प्राप्त भएको र अध्ययनका लागि समिति सदस्यहरुलाई बितरण गरिएको बताए । सभापति थापाले सहकारी छानबिनमा समग्ररुपमा अध्ययन गरिरहेको भन्दै निष्पक्ष रुपमा छानबिन प्रतिवद्धता जाहेर गरेका छन् ।

आज बसेको बैठकले समस्याग्रस्त सहकारीको छानबिनका लागि सहकारीबिज्ञ दिपक प्रसाद बास्कोटा र केशव बडालसँग पनि परामर्श गरेको थियो । गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका