जोडिनुहोस
  • होमपेज
  • दुई जना राजदूतको कोटामा रास्वपाबाट एक सय भन्दा बढीको आवेदन

दुई जना राजदूतको कोटामा रास्वपाबाट एक सय भन्दा बढीको आवेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भागमा परेको दुई जना राजदूतका लागि लगभग एक सय जनाको आवेदन परेको छ । शुक्रबारसम्म आवेदन बुझाउने समयपार्टीले दिएकोमा बुधबारसम्म करिब १ सय जनाको आवेदन परेको रास्वपाले जनाएको छ ।

पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख शिशिर खनालको संयोजकत्वमा सोविता गौतम र प्रा.डा. अतिन्द्र दाहाल सदस्य रहेको कार्यदलले ‘राजदूत सिफारिस मापदण्ड २०८१’ तयार पारेको थियो । सोही मापदण्डका आधारमा गत असार १० गते सार्वजनिक सूचना जारी गर्दै राजदूतका लागि आवेदन माग गरिएको थियो ।

‘पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख शिशिर खनालका अनुसार हालसम्म करिब १ सय जनाको आवेदन परेको र शुक्रबारसम्म समय रहेकाले सङ्ख्या अझ बढ्न सक्ने संभावना रहेको छ । अहिले राजदुत छनोट गर्ने विषयमा अझै पनि निश्चित नभएको उनको भनाइ छ ।

गत असार ६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री तथा रास्वपा सभापति लामिछानेबिच राजदूतमा भागबन्डा भएको थियो । अनुसार एमालेबाट ५, अशोक राई नेतृत्वको जसपाबाट २, रास्वपाबाट २ र माओवादीबाट १ जना राजदूत बन्ने सहमति भएको थियो ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका