जोडिनुहोस
  • होमपेज
  • प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ असार २० र २१ गते

प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ असार २० र २१ गते

काठमाडौं । प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको संसदीय सुनुवाइ यही असार २० र २१ गते हुने भएको छ । मंगलबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकबाट प्रधानविरुद्धका उजुरी र उनको कार्ययोजनासहितको सुनुवाइ गर्ने मिति तय गरिएको हो ।

संवैधानिक परिषद्‌बाट सिफारिस भएका प्रधानमाथिको सुनुवाइ गर्ने मिति तय गरिएको समितिका ज्येष्ठ सदस्य (सभापति) पशुपतिशमशेर जबराले जानकारी दिए । “निर्वाचन आयुक्तका लागि प्रस्तावित व्यक्ति प्रधानमाथिको सुनुवाइ गर्ने सचिवालयको प्रस्तावलाई परिमार्जनसहित पारित गरिएको घोषणा गर्दछु,” उनले भने ।

असार २ गते संवैधानिक परिषद्ले नेपाल कानुन समाजका कार्यकारी निर्देशक प्रधानलाई रिक्त निर्वाचन आयुक्त पदमा सिफारिस गरेको थियो । असार ७ गते उनीविरुद्ध उजुरी आह्वान गर्दै १० दिने सूचना जारी गरिएको थियो ।

निर्वाचन पर्यवेक्षकका रूपमा समेत काम गरिसकेका प्रधानको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भए राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

धेरै टिप्पणी गरिएका