जोडिनुहोस
  • होमपेज
  • एमाले–कांग्रेस सरकारमा नाउपा पनि सामेल हुने, देउवासँग रेशमको संवाद

एमाले–कांग्रेस सरकारमा नाउपा पनि सामेल हुने, देउवासँग रेशमको संवाद

काठमाडौं । दुई ठूला दल एमाले–कांग्रेस समीकरणको सरकामा नागरिक उन्मुक्ति पार्टी (नाउपा) पनि सामेल हुने भएको छ । नाउपाका नेता रेशम चौधारीले (बिहीबार) कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर आफ्नो पार्टी पनि सरकारमा सहभागी हुने जानकारी गराएका हुन् ।

एमाले–कांग्रेसको सरकार राष्ट्रिय सहमतिको सरकार भएको हुँदा आफ्नो पार्टी सरकारमा सहभागी हुने चौधरीले जानकारी गराएका हुन् । माओवादी नेतृत्वको सरकारमा पनि नाउपाका चारमध्ये तीन सांसदले विश्वासको मत दिएका थिए । सरकारमा सहभागी गराउने विषय भने ढिलाइ भएको थियो ।

केही दिनअघि मात्रै नाउपा केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठलाई दलको नेताबाट बहुमत सदस्यले हटाउँदै गंगा चौधरीलाई जिम्मेवारी दिएका थिए । नेता चौधरीले अब संसदीय दलको बैठकले यस विषयमा ठोस निर्णय गर्ने बताएका छन् । संविधान संशोधनका विषयमा सहमत दलहरुलाई नयाँ सरकारमा सहभागी गराइने कांग्रेस–एमालेबीच सहमति समेत भएको छ । अहिले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बन्न लागेको नयाँ सरकारलाई अधिकांश दलहरुले समर्थन गर्ने जनाऊ दिएका छन् ।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका